मदिरा उद्योगलाई लाइसेन्स दिन मन्त्रीको दबाब

उप्रेती समाजकाे पुराण

कलमा नेपाल ,
काठमाडौँ । नयाँ सरकार गठनअघिनै केही मदिरा उत्पादकहरुलाई अनुमतिपत्र र क्षमताबृद्धिको लाइसेन्स दिने चलखेल सुरु भएको छ । उद्योगमन्त्री सुनिलवहादुर थापाले सोमवार उद्योग प्रबर्द्धन बोर्डको बैठक बोलाउन सदस्य सचिव शङ्कर अर्याललाई निर्देशन दिएका छन् ।

आजै बस्ने बैठकमा विविध शीर्षकका एजेन्डामा मदिरा उद्योगहरूलाई अनुमति दिने तयारी भइरहेको स्रोतले जनाएको छ । यसअघि लाइसेन्स पाएर पनि उत्पादन थाल्न नकसेकालाई पनि आथिर्क चलखेलकै आधारमा अनुमतिपत्र नवीकरण गर्न लागिएको स्रोतको दाबी छ ।

यसबारेमा उद्योग सचिव यामकुमारी खतिवडालाई समेत जानकारी दिइएको छैन । नयाँ मदिरा उद्योग खोल्न र पुरानाको क्षमताबृद्धि गर्नका लागि यसअघिका मन्त्रीले पनि पटक पटक प्रयास गरेका थिए ।

यो निर्णय गराउँदा ठुलो मात्रामा आर्थिक चलखेल हुने गर्छ । जाँदा जाँदै मदिरा उद्योगहरूलाई लाइसेन्स दिन मन्त्री थापाले उद्योग विभागका महानिर्देशक शङ्कर अर्याललाई औद्योगिक प्रबर्द्धन बोर्डको बैठक राख्न दबाब दिइरहेका थिए ।

औद्योगिक प्रबर्द्धन बोर्डको अध्यक्ष उद्योग मन्त्री नै हुन्छन् । बोर्डमा उद्योग विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था छ । बैठकको एजेन्डामा मदिरा उद्योगको प्रसङ्ग नरहेको स्रोतले जनाएको छ । तर विविध शीर्षकमा राख्न मन्त्रीले सदस्य सचिवलाई दबाब दिएको स्रोतको दाबी छ ।

यसअघि २०६९ असोज २१ मा अनिलकुमार झा उद्योग मन्त्री हुँदा ३४ वटा मदिरा उद्योगको लाइसेन्स दिएका थिए । तीनै उद्योगले आवश्यक पूर्वाधार पूरा गर्न ढिला भएकलो म्याद थपको लागि लबिङ गर्दै आएका छन् ।

Comments

comments

LEAVE A REPLY