प्रधानमन्त्रीको दाबी पेस गर्दै ओली राष्ट्रपति सँग

कलम नेपाल ,
काठमाडौँ । बाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न बिहीबार राष्ट्रपति समक्ष दाबी पेस गर्दैछ ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार आज बिहान साढे ९ बजेदेखि १० बजेको बिचमा राष्ट्रपतिसँग भेट तय भएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बुधवार बसेको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सहमति गरेको थियो ।

यता, प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राजीनामा दिने तयारी गरेका छन् ।

मन्त्रिपरिषद्को बैठक बिहीबार बिहान ९ बजे बस्ने भएको छ ।

बिहीबार बिहान मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

Comments

comments

LEAVE A REPLY