प्रम अाेली सरकारकाे पहिलाे बैठक सम्पन्न

बैठकका निर्णय

कलम नेपाल
काठमाण्डाै
नवनियुक्त प्रधानमन्त्री केपी ओलीले डाकेको पहिलो मन्त्रिपरिषद बैठकले निर्वाचन सम्पन्न गराउन योगदान दिने सम्पूर्ण नागरिक र मतदातालाई आभार व्यक्त गरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार साँझ बसेको तीन सदस्यीय मन्त्रिपरिषद बैठकले निर्वाचन आयोग , कर्मचारी लगायत निर्वाचन सम्पन्न गर्न योगदान पुर्यामउने सबैलाई धन्यवाद पनि दिएको छ।

ओली नेतृत्वको पहिलो मन्त्रिपरिषदले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा उद्योग ग्राम स्थापना गर्ने, प्रत्येक प्रदेश सदरमुकाममा आधुनिक र सुविधासम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको छ।

त्यस्तै प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय बनाउने पनि मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ।

एमाले र माओवादीले केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेको पत्र पठाएपछि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी थिइन्। राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री ओलीले लगत्तै शहिदहरुप्रति माल्यार्पण गर्न गएका थिए। त्यसपछि उनी पदभार ग्रहण गर्न सिंहदरबार पुगेका थिए। पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले ६ निर्णय गरेको हो।

Comments

comments

LEAVE A REPLY