एमाले-माओवादीको‘निर्णायक’ बैठक शुक्रवार

कलम नेपाल ,
काठमाडौँ । पार्टी एकतालाई निष्कर्षमा पुर्यारउने प्रयासमा शुक्रवार पनि एमाले र माओवादीका शीर्ष नेताहरूको बैठक बस्दै छ ।
बिहीबार नै बैठक बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिलगायतका कार्यक्रमका कारण बैठक बस्न सकेको थिएन ।

शुक्रवार बैठक बस्ने भनिए पनि समय र स्थान निश्चित भइसकेको छैन । तर, नेताहरूले आजको बैठकबाट पार्टी एकतालाई ठोस निष्कर्षमा पुर्याभइने बताएका छन् ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आजको बैठकलाई निर्णायक बनाउने तयारी भइरहेको जानकारी दिइन् ।
यसै गरी एमाले नेता सुवास नेम्वाङका अनुसार आज पार्टी एकताको विषयमा ठोस निर्णय हुनसक्ने छ ।
एमाले-माओवादीबिच एकीकृत पार्टीको सिद्धान्त र पदीय भागबण्डामा कुरा मिलेको छैन । यी विषयमा कुरा नमिलेसम्म सरकारमा सहभागी नहुने अडान माओवादीले लिएको छ ।
जनताको बहुदलीय जनवाद (जबज) र माओवादका विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्ने र त्यहीँबाट टुङ्गो लगाउने पूर्वसहमति दुई दलका नेताबिच भएको थियो । तर, एमाले नेताहरू बुधवार साँझदेखि एकाएक पूर्वसहमतिबाट पछि हटेको माओवादी नेताहरूको गुनासो छ ।

Comments

comments

LEAVE A REPLY