महान्यायाधिवक्तामा खरेल नियुक्त

काठमाडौँ – सरकारको महान्यायाधिवक्तामा अग्नि खरेल नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेता एवं पूर्वमन्त्री खरेललाई मङ्गलवार साँझ महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।

खरेललाई संविधानको धारा १५७ को उपधारा (२) बमोजिम राष्ट्रपतिले महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिएका छन्।

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो। यस्तै, राष्ट्रपति भण्डारीले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारका महान्यायाधिवक्ता बसन्तराम भण्डारीको राजीनामा स्वीकृत गरेकी छन्।

Comments

comments

LEAVE A REPLY