एमालेलाई १० मन्त्रालय, माओवादीलाई ७ (सूचीसहित)

कलम नेपाल ,,
काठमाडौँ । एमाले र माओवादीबिच मन्त्रालय भागवण्डा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको छलफलमा मन्त्रालय भागवण्डा टुङ्गो लगाएको हो ।

एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, सङ्घीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय राखेको छ । माओवादीले गृह र ऊर्जासहित ७ मन्त्रालय पाएको छ ।

माओवादीले भौतिक पूर्वाधार र पर्यटन मागेको थियो । तर, दुवै मन्त्रालय एमाले आफैँले राखेको छ ।

एमाले नेताहरूले भने यो बाँडफाँट प्रस्तावित भएकाले केही संशोधन हुन सक्ने सङ्केत गरेका छन् ।

महासचिव ईश्वर पोखरेलले भने, मन्त्रालय बाँडफाँटबारे दुई अध्यक्षबिच सामान्य छलफल भएको हो । औपचारिक रूपमा टुङ्गो लागेको छैन ।’

कार्यदलको संयुक्त बैठक बस्नु पूर्व दुई अध्यक्षबिच छलफल भएको थियो । त्यहाँ प्रधानमन्त्री ओलीले गृह र परराष्ट्रमन्त्रीमा व्यक्ति पनि हेर्नु पर्ने बताएको एक नेताले जानकारी दिए।

मन्त्रालय भागवण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरू मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् ।

एमालेले भोलि बिहान ९ बजे स्थायी कमिटीको बैठक बालुवाटारमा बोलाएको छ । माओवादी नेताहरूको भने प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् ।

दुई दलबिच प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्ने सहमति बुधवार नै जुटेको थियो ।

एमालेको भागमा परेका मन्त्रालयहरू
अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
सङ्घीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्ययन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसङ्ख्या

माओवादीको भागमा परेका मन्त्रालयहरू

गृह
जलश्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
सहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालबालिका

Comments

comments

LEAVE A REPLY