चोरीका मोटरसाईकल बेच्नकै लागि रिकन्डिसन हाउस

कलम नेपाल ,
काठमाडौं । काभ्रे तिमालका सुरेश तामाङ र सिन्धुपाल्चोक मेलम्चीका उग्रेन लामाले सञ्चालन गरेको एक पसलमा चोरीको मोटरसाईकल बिक्रि हुने गरेको प्रहरीले जनाएको छ।
काठमाडौंको चावहिलबाट गौशालार्फ जाँदा मित्रपार्क नपुग्दै बाँया तर्फ लस्करै पुराना मोटरसाईकल बिक्रि तथा साट्ने केही रिकन्डिसन पसल छन्। ती पसलमध्ये ‘बिएण्डबी’ नामक एक पसल छ, जहाँ उपत्यका भित्र चोरी भएका मोटरसाईकल पाईन्छन्।
बुधबार दिउँसो ३ जना युवाले कपनबाट मोटरसाईकल चोरी गरे। प्रहरीलाई उक्त कुराको जानकारी भयो। चोरी गरेको मोटरसाईकल कता लैजान्छन् भन्दै प्रहरीले पिछा गर्‍यो र चोरीको मोटरसाईकलसहित ती युवा उक्त पसलमा पुगे।

अनि मात्र प्रहरीले ती युवालाई नियन्त्रणमा लियो। चोरीको मोटरसाईकल डोर्‍याउँदै त्यही ल्याउनुको कारण बुझ्दै जाँदा त्यहाँ चोरीका मोटरसाईकल मात्र कारोबार हुने गरेको प्रहरीले पत्ता लगायो।

प्रहरीले उनीहरूको पसलमा बेच्न राखिएका ४ वटा चोरीका मोटरसाईकलसमेत फेला पार्‍यो। ‘सुपथ मुल्यमा बिक्रीमा’ भन्दै मोटरसाईलमा लेखेर राखेको अवस्थामा बा ९० प ५२४६, बा ८८ प ३३९३, बा ९१ प ९१९० नम्बरका चारै वटा मोटरसाईकल चोरीको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौंका विभिन्न स्थानमा चोरी भएका मोटरसाईकल यहाँ ल्याइन्छ, र डेण्टपेण्ट गरी बिक्रि गर्न राखिन्छ।

यसरी चोरी गरिएको मोटरसाईकलको नक्कली कागजपत्र बनाईने गरिन्छ, कुनै ब्यक्ति किन्न आएमा नक्कली कागज र उक्त मोटरसाईकल दिने, धनी बिदेशमा छ, अर्को साता आउँदैछ अनिमात्र पास गरौंला भन्दै उनीहरूले ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

धनी विदेशमा छ भन्दै केही समय झुलाउने, पछि आएन भन्दै पास नगर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

४ वटा चोरीको मोटरसाईकलसहित पक्राउ परेका पसल सञ्चालक तामाङ र लामाले आफ्नो पसलबाट चोरीका मोटरसाईकल बिक्रि हुने गरेको प्रहरीमा बयान दिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी अच्युत पुडासैनीले बताए।

पक्राउ परेका बाँकी तीन जनाको परिचय प्रहरीले गोप्य राखेको छ। उनीहरूका अरू साथीलाई पनि पक्राउ गर्नुपर्ने भएकाले उनीहरूको परिचय गोप्य राखिएको डीएसपी पुडासैनीले सेतोपाटीलाई जानकारी दिए।

पक्राउ परेको गिरोहले काठमाडौंका विभिन्न स्थानमा मोटरसाईकल चोरी गरी बिक्रि गर्ने गरेको उनले बताए।

यसरी चोरी गर्छन् मोटरसाइकल

प्रहरी अनुसन्धान अनुसार काठमाडौंका अस्पताल, पार्टी प्यालेस तथा विभिन्न स्थानमा रहेका पार्किङमा जाने, यसो हेर्ने लक तोडेर मोटरसाईकल केही परसम्म गुडाउने अनि सिधै तार जोडेर चावहिल पुर्‍याउने गरेका हुन्छन्। पसलमा गएर रंग परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर बिक्रिमा राख्ने गरेको अनुन्धानबाट खुलेको छ ।

Comments

comments

LEAVE A REPLY