झापामा जंगली हात्तीको आक्रमणमा परि दुई जनाको मृत्यु

कलम नेपाल ।
बिर्तामोड,

झापामा जंगली हात्तीको आक्रमणमा परि दुई जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ७ स्थित सुन्दर निचाझोडाको सामुदायिक वनमा शनिवार जंगली हात्तीको आक्रमणमा परि दुई जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोड झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ७ बस्ने वर्ष ७६ को महमद रसुल मियाँ रहेकाछन् । उनी घर नजिकै रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनमा दाउरा खोज्न गएको अवस्थामा जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट मियाँको बायाँ खुट्टाको तिघ्रा र घुँडा भाचिएको छ ।

आक्रमणबाट मृतक मियाँको मुखमा अधिकांश दाँत शरीरका विभिन्न स्थानमा निलडाम देखिएको प्रहरीले जनाएको छ । बिहान अन्दाजी साढे ११ बजे मियाँ सँगै जङ्गल गएका उनका साथी बिर्तामोड नगरपालिका ३ निवासी वर्ष ६५ का हरिमन राजवंशी समेतलाई आक्रमण गरेको थियो ।

आक्रमणबाट राजवंशीको समेत मृत्यु भएको छ । जङ्गलमा आक्रमण भएपछि जङ्गलमा दाउरा खोज्न गएका अन्य मानिसले देखेर हात्ती लखेटेका थिए । हात्ती भागेपछि उद्द्धार गर्न इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली पुगेको थियो । टोली पुगेर मुचुल्का उठाउँदा दुवै जनाको घट्ना स्थलमा नै मृत्यु भएको सकेको जनाइएको छ ।

मृतको शनिवार नै मेची अञ्चल अस्पतालमा लगिएको जनाइएको छ ।
पछिल्लो तथ्याङक अनुसार जगंली हात्तीको आक्रमणबाट झापा जिल्लामा अहिलेसम्म ५० जना भन्दा बढीको मृत्यु भइसकेको जिल्ला वनकार्यालय झापाले जनाएको छ । जिल्लामा २०३५ सालमा पहिलो पटक सर्वसाधारणलाई आक्रमण गरेको जिल्ला वन कार्यालय झापाको तथ्याङ्कले देखाएको छ ।

कार्यालय झापाबाट प्राप्त जानकारी अनुसार विगत तीन आर्थिक वर्षमा क्रमशः २०६८÷६९ मा ९ जनाको मृत्यु भएको छ । त्यस्तै ०६९÷७० मा ८ जना र ०७० ÷७१ मा ३ जनाको मृत्यु भएको छ । त्यस्तै पहिलो पटक ४५ साल असार ३१ गते वाहुनडा“गी गाविस ८ निवासी पम्फादेवी गुरागाईको जगंली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

त्यस पछि हरेक वर्ष जसो हात्तीको आक्रमणबाट मृत्युहुने गरेको तथ्याङकमा देखिएको छ ।

Comments

comments

LEAVE A REPLY